एजेन्सी । अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले 'इसपीआई उत्कृष्ट बर्ष पुरुष फुटबल प्लेयर' अवार्ड जितेका छन् ।
अमेरिकन ब्रोडकास्ट टेलिभिजन नेटवर्क (एबिसी) ले अमेरिकाको लस एन्जल्समा आयोजित एक बिशेष समारोहमा मेस्सीलाई अवार्ड प्रदान गरिएको हो । तर, मेस्सी अवार्ड कार्यक्रममा उपस्थित भएनन् ।
यस अवार्ड जित्ने क्रममा मेस्सीले क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पे र भिर्गिल भान डिज्कलाई पछि बनाए ।
यस अवार्ड समर्थक, खेल पत्रकार, ब्रोडकास्टर, स्पोर्ट्स पर्सन लगायतको मतको आधारमा प्रदान गरिन्छ । मेस्सीले यस सिजन क्लबका लागि सबै खाले प्रतियोगितामा ५१ गोल गरेका थिए ।
यस्तै महिलातर्फको उपाधि अष्ट्रेलियाकी साम केरले जितिन् ।
अमेरिकाको मेजर सकर लिगको उकृष्ट बर्ष खेलाडी अवार्ड ज्लाटन इब्राहिमोबीचले प्राप्त गरे ।