एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले वेष्ट इण्डिज र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
लिड्समा वेष्ट इण्डिजले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अफगानिस्तानले केहि बेरमा बलिङ गर्नेछ ।
दुवै टिम सेमिफाईनलको दौडबाट बाहिरिसकेका छन् । सोही कारण खेलको नतिजाले सेमिफाईनलको समिकरणमा कुनै फेरबदल गर्ने छैन ।
वेस्ट ईन्डिजका जेसन होल्डरले धेरै पटक टिम जितको नजिक पुगेर गल्ती गर्दा पराजय ब्यहोरेको बताएका थिए । न्युजिल्याण्डविरुद्व समेत वेस्ट ईन्डिज जितको नजिक थियो । तर कार्लोस ब्रेथवेटको प्रहार बाउण्ड्री लाईनबाट समातिएको थियो । वेस्ट ईन्डिजले विश्वकपको पहिलो खेलमा पाकिस्तानलाई हराएपनि त्यसपछिका ७ खेलमा पराजित हुन पुगेको छ ।
यता अफगानिस्तानले यस बिश्वकपमा आफ्नो स्पिन बलिङबाट सबैलाई प्रभावित गर्न सफल रह्यो । तर टिममा अनुभवकाे अभाव प्रत्यक्ष देखिएको थियो ।
सबै भन्दा ठुलो अभाव टिममा ब्याट्सम्यानमा देखियो । विकेट किपरको भुमिकामा रहेका ब्याट्सम्यान शहजाद आउट भएपछि अन्य कुनै ब्याट्सम्यानले पोविलियनमा टिक्ने क्षमता देखाउन सकेनन् ।
तर टिमले समग्रमा राम्रो फिल्डिङ प्रर्दशन गरेको थियो । अफगानिस्तानले अन्तिम खेल बाँकी रहेको अवस्थामा अहिलेसम्म एक जित समेत दर्ता गर्न सकेको छैन ।
सोही कारण अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने अवसर अफगानिस्तानलाई छ ।