एजेन्सी । भारतीय क्रिकेटर अम्बाती रायडुले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । मध्यक्रमका ब्याट्सम्यान रायडुले बुधबार सबै खाले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का सिईओ राहुल जोहरीले रायडुले सन्यास घोषणा गर्दै बोर्डलाई पठाएको पत्र प्राप्त भएको बताए ।
३३ बर्षे रायडुले भारतबाट ५५ एकदिवसीय खेल खेलका छन् । उनले ४७ दशमलब ०५ को औसतमा १ हजार ६ सय ९४ एक रन बनाएका छन् । उनले ६ अन्तराष्ट्रिय टी-ट्वान्टीमा खेल खेलेका छन् ।
रायडुले क्लब क्रिकेट भने खेल्नेछन् । विश्व चर्चित फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आईपीएल) मा रायडुले चेन्नई सुपर किंग्सको प्रतिनिधित्व गर्ने छन् ।
इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकपका लागि भारतीय टिमको घोषणा हुँदा रायडु 'हट केक' बनेका थिए । यस सिजनको आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दा रायडु विश्वकप टिममा पर्ने अनुमान गरिएको थियो । तर, थुप्रैको अनुमान गलत साबित भएको थियो ।
विश्वकपका लागि वैकल्पिक खेलाडीका रुपमा राखिएपनि भारतका २ खेलाडी चोटका कारण घर फर्कदा उनले स्थान पाएनन् ।