एजेन्सी । मलेसियामा जारी एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई ५३ रनमा समेटेको छ ।
समूह चरणको पहिलो खेलमा नेपालले चीनलाई २३ दशमलव १ ओभरमा ५३ रनमा अलआउट गरेकाे हाे ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपाल समक्ष चीनले ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ओपनरद्वय खेलाडीले समान १३-१३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका सागर ढकाल एक्लैले ६ विकेट लिए । तिलक भण्डारीको नाममा ३ विकेट ह्यो । कमल सिंह ऐरीले एक विकेट झारे ।