एजेन्सी । लेष्टर सिटीका वेंगर रियाद महरेज म्यानचेस्टर सिटीमा अनुबन्धित भएका छन् । प्रिमियर लिग च्याम्पियन सिटीले मंगलबार महरेजलाई क्लबमा भित्राएको हो ।
सिटीले महारेजलाई क्लबकै कीर्तिमानी मूल्य ६० मिलियन पाउण्डमा अनुबन्धित गरेको हो । सिटीले च्याम्पियन बनेपछि २७ बर्षे महरेजलाई पहिलो खेलाडीको रुपमा क्लबमा अनुबन्धन गरेको हो । सिटीले महरेजलाई २६ नम्बरको जर्सी दिएको छ ।
अल्जेरियाका महरेजले लेष्टर सिटीका लागि १७९ खेलमा ४८ गोल गरेका थिए । महरेज सन् २०१४ मा लि हाभ्रेबाट लेष्टर आएका थिए ।