एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले बंगलादेशसामु ३ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ३ सय १४ रन बनायो । भारतका रोहित शर्माले शतकीय इनिङस खेले ।
उनले ९२ बल खेल्दै ५ छक्का र ७ चौकाको मद्दतले सर्वाधिक १ सय ४ रनको रन बनाए ।
ओपनर लोकेस राहुलले ७७ रनको अर्धशतकीय ईनिङ्स खेल्दा ऋषभ पन्तले ४८, महेन्द्र सिंह धोनीले ३५ तथा कप्तान बिराट कोहलीले २६ रनको योगदान गरे ।
बंगलादेशका मुस्ताफिजुर रहमानले ५ विकेट हात पारे । यस्तै शकिब अल हसन, रुबेल हुसेन र सौम्या सरकारले समान १÷१ विकेट हात पारे ।
भारतले ७ खेलमा मात्र एकमा हार ब्यहोरेको छ ।
एक खेल बर्षाले रद्व हुदाँ अन्य खेलमा जित निकाल्न सफल भएको छ । भारतले ७ खेलबाट ११ अंक बटुलेको छ । बंगलादेशले ७ खेलबाट मात्र ७ अंक जोडेको छ ।