एजेन्सी । भारतका पूर्व कप्तान तथा लिजेण्ड क्रिकेटर राहुल द्रभिड भारतको नेसनल क्रिकेट एकेडेमी (एनएसी) को क्रिकेट प्रमुखमा नियुक्त भएका छन् ।
प्रशिक्षक द्रभिडले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) सँग सोमबार बैंगलोरमा २ बर्षका लागि सम्झौता गरेका छन् ।
क्रिकेट प्रमुखमा नियुक्त भएसंगै द्रभिडले भारतीय 'ए' टिम र यू-१९ टिम हेर्ने छैनन् । उनले एनएसी र क्षेत्रिय क्रिकेट एकेडेमीका प्रशिक्षकको नियुक्ति गराउन सक्ने छन् । साथै बोर्डको कन्ट्रयाक खेलाडी घाइते तथा चोट बोकेमा निरीक्षण गर्ने छन् ।
द्रभिडले अब यू-१९ टिमको मेण्टरका रुपमा काम गर्नु पर्ने छैन । जुन उनले सन् २०१५ देखि गर्दै आएका थिए । द्रभिडको सो स्थानमा पूर्व फास्ट बलर पारस माम्ब्रे र पूर्व विकेटकिपर अभय शर्माले जिम्मेबारी लिने छन् । र, द्रभिडलाई सबै रिपोर्ट बुझाउने छन् ।