काठमाडौं । म्याक्सवेल एलोनको ह्याट्रिकमा एलिट स्पोर्ट्सले बुढानिलकण्ठ फुटबल कप सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नारायणटार स्पोर्टस हाउसलाई ४–१ ले पराजित गर्दै एलिट स्र्पोट्सले उपाधि उचालेको हो ।
बुढानिलकण्ठ नगरपालिकाको कपनस्थित ह्यान्डबल मैदानमा आज भएको फाईनलमा म्याक्सवेल एलनले ह्याट्रिकसंगै एक आत्मघाति गोल उपहार पाएपछि एलिटले सहजै जित निकाल्यो ।
म्याक्सवेलले छैटौं मिनेटमां एलिटलाई अग्रता दिएका थिए । १२ औं मिनेटमा दोस्रो गोल गरेका म्याक्सवेलले २५औं मिनेटमा ह्याट्रिक पूरा गरे । नारायणटारका समुन तामाङले ४२ औं मिनेट एक गोल गरे ।
उपाधिसंगै एलिटले २ लाख रुपैयाँ रुपैयाँ प्राप्त गर्यो । उपविजेता नारायणटार स्पोर्ट्सले १ लाख रुपैयाँमा चित्त बुझायो । असार १६ गतेदेखी शुरू भएको प्रतियोगितामा ३२ टिमले प्रतिस्पर्धा गरेका थिए ।