काठमाडौं । सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भोलि (आइतबार) हुने भएको छ ।
आइतबार अपरान्ह एक कार्यक्रमकाबीच विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा हुने टिम म्यानेजर रमण शिवाकोटीले जानकारी गराए । नेपालले पहिलो पटक पत्रकार सम्मेलन गरेर टिम घोषणा गर्न लागेको हो ।
नेपालले बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट १४ सदसीय टिमको घोषणा गर्नेछ ।
छनोटअघि नेपालले मलेसियासंग द्विपक्षीय टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्नेछ । नेपालले आगामी जुलाईमा मलेसियासंग उसैको मैदानमा २ खेलको सिरिज खेल्ने छ । नेपाल र मलेसियाबीचको सिरिज जुलाई १३ र १४ (असार २८-२९) मा हुनेछ ।
सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ ।
एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसंग खेल्नेछ ।
नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् । छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ। एसिया छनोटमा युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगेको छ ।
बन्द प्रशिक्षणमा परेका नेपाली टोली :
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
अविनाश बोहरा
बसन्त रेग्मी
अमित श्रेष्ठ
भिम सार्की
बिनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
जितेन्द्र कुमार मुखिया
करण केसी
कुशल भुर्तेल
ललित भण्डारी
ललित नारायण राजवंशी
आरिफ शेख
नन्दन यादब
पवन सर्राफ
प्रदीप ऐरी
राजु रिजाल
रोहित कुमार पौडेल
सन्दीप लामिछाने
साहब आलम
शरद भेषवाकर
सोमपाल कामी
सन्दीप जोरा
सुशन भारी