काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटका लागि नेपाली टोली (भोली) आइतबार मलेसियामा प्रस्थान गर्ने भएका छन् ।
आगामी मंगलबारबाट सुरु हुने प्रतियोगिताका लागि १४ सदसीय नेपाली टोली आइतबार दिउँसो मलेसिया प्रस्थान गर्ने छन् । नेपाली टिम मालिण्डो एअरबाट दिउँसो २ बजे त्यसतर्फ प्रस्थान गर्ने फिजियो बिक्रम न्यौपानेले खेलपाटीलाई जानकारी गराए ।
प्रतियोगिता जुलाई २ देखि ९ सम्म हुनेछ । प्रतियोगिताको लागि नेपालले मंगलबार रोहित कुमार पौडेलको कप्तानीमा १४ सदसीय टिमको घोषणा गरिसकेको छ । नेपाली टोलीमा चार खेलाडी नयाँ अनुहार रहेका छन् । खड्क बोहोरा, तिलक भण्डारी, विशाल बिक्रम केसी र लोकेश बमले पहिलो पटक टिममा स्थान बनाएका छन् ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले चीनसंग खेल्नेछ । समूह 'ए' मा रहेको नेपालले जुलाई ३ मा चीनको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूह 'ए' मा नेपालसंगै चीन र सिंगापुर रहेका छन् ।
यस्तै नेपालले दोस्रो खेलमा जुलाई ५ मा सिंगापुरसंग खेल्नेछ ।
अर्को समूहमा आयोजक मलेसिया, भुटान, हङकङ र थाईल्याण्ड रहेका छन् ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
नेपाली टिम :
रोहित कुमार पौडेल (कप्तान)
रित गौतम
पवन सर्राफ
भिम सार्की
कुशल मल्ल
रशिद खान
कमल सिंह ऐरी
सागर ढकाल
हरि बहादुर चौहान
प्रतिष जिसी
खडक बोहरा
तिलक भण्डारी
बिशाल बिक्रम केसी
लोकेश बम