एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज (शनिबार) पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुदैछ ।
सेमिफाईनलमा स्थान बनाउन कोशिश गरिरहेको पाकिस्तानले लिड्स मैदानमा एसियाली प्रतिद्वन्दी अफगानिस्तानसंग खेल्न लागेको हो ।
खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।
यसपछि पाकिस्तानले बंगलादेशसंग खेल्नेछ । प्रतियोगितामा अफगानिस्तान जित विहिन छ । घर फर्कनु अघि अफगानिस्तान एक जित दर्ता गर्न चाहन्छ ।
पछिल्लो खेलमा न्युजिल्याण्डलाई हराएको टिमलाई पाकिस्तान अफगानिस्तानविरुद्व उतार्न चाहन्छ । सोही कारण जित निकाल्ने टिमलाई पाकिस्तानी कप्तानले परिवर्तन गर्ने जोखिम नमोल्न सक्नेछन् ।
अफगानिस्तानको समस्या भनेको उसंग राम्रा बलर छन् । अझ भनौ राम्रा स्पिनर छन् । तर ब्याटिङ गर्ने खेलाडी छैनन् ।
भारतविरुद्व पछिल्लो खेलमा जित नजिक पुगेर समेत ब्याटिङका कारण अफगास्तिान हार्न पुगेको थियो । अन्तिम ओभरमा उसले तीन विकेट गुमाएको थियो ।
प्रतियोगिताबाट सुखद विदाई लिने तयारीमा रहेको अफगानिस्तानलाई पाकिस्तानविरुद्वको खेल एक मौका हुन सक्छ ।
पाकिस्तान ७ खेलबाट ७ अंक सहित छैटौ स्थानमा छ । अफगानिस्तान अंक विहिन हुदै तालिकाको पुछारमा छ ।