एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोलाई भेट्न इटालियन क्लब युभेन्टसका अध्यक्ष आन्द्रे आग्नेली ग्रिस प्रस्थान गरेका छन् । रोनाल्डोलाई क्लबमा भित्राउनेबारे अन्तिम छलफल गर्न अध्यक्ष आग्नेली मंगलबार ग्रिस प्रस्थान गरेका हुन् ।
रोनाल्डोलाई भेट्न अध्यक्ष आग्नेली निजी विमानबाट ग्रिस गएका हुन् । हाल ग्रिस कलामाटामा छुट्टि मनाईरहेका रोनाल्डोलाई अध्यक्ष आग्नेलीले आजै भेट्ने बताइएको छ । अध्यक्ष आग्नेली कलामाटाउत्रिसकेको समेत समचारमा जनाईएको छ । यस्तै रोनाल्डोसंग आजै सम्झौता हुनसक्ने समेत गोलडटकमले जनाएको छ ।
रोनाल्डो भित्राउन सिरी ए च्याम्पियन युभेन्टसले रियललाई गत साता ८८ मिलियन पाउण्डको प्रस्ताब गरेको थियो । तर, युभेन्टसले प्रस्ताव गरेको रकम बढ्ने बताइएको छ । रोनाल्डो भित्राउन युभेन्टस र रियल मड्रिडबीच अन्तिम चरणको छलफल समेत गरिसकेको छ ।
रोनाल्डोले पनि युभेन्टसको प्रस्ताबलाई स्वीकार गरिसकेको समचारमा जनाईएको छ । समचार अनुसार रोनाल्डोले युभेन्टससंग हरेक सिजन ३० मिलियन पाउण्ड पाउने गरी चार बर्षे सम्झौता गर्ने बताईएको छ । यस्तै रोनाल्डो क्लबमा अनुबन्धित नहुदै इटालीमा रोनाल्डोको नामको युभेन्टस जर्सीको बिक्रि सुरु भईसकेको छ ।
सन् २००९ मा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा क्लब आएका रोनाल्डोको रियलसंगको अनुबन्ध सम्झौता अझै ३ बर्ष बाँकी रहेको छ । रोनाल्डोले गत सिजन सन् २०२१ सम्मको लागि सम्झौता गरेका थिए । तर, रोनाल्डो रियलमा खुसी नरहेको र सम्झौता बाँकी रहदै क्लब छाड्ने मनस्थितिमा पुगेको समचारमा उल्लेख छ ।
३३ वर्षीय रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्ता हुन् । रियलका लागि रोनाल्डोले ४ सय ५१ गोल गरिसकेका छन् । पाँच पटकको बालोन डी'ओर बिजेता रोनाल्डोले रियललाई पाँच पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् ।