एजेन्सी । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत आयोजक इंग्ल्याण्डविरुद्धको खेलमा भारतले लगाउने नयाँ जर्सी सार्वजनिक गरिएको छ ।
भारतले आगामी आइतबार आयोजक इंग्ल्याण्डसँग खेल्नेछ । र, उक्त खेलका लागि भारतले अवे जर्सी सार्वजनिक गरेको हो । इंग्ल्याण्डविरुद्ध भारतले प्रयोग गर्ने जर्सी पहेलो रंगमा हुनेछ ।
आईसीसीको नियम अनुसार हरेक टोलीको दुई फरक रंगको जर्सी अनिवार्य रहेको छ । आईसीसीले 'होम एण्ड अवे'को आधारमा जारी विश्वकपका लागि आयोजक बाहेकका राष्ट्रलाई दुई जर्सी अनिवार्य गरेको छ । जसको कारण भारतले पहिलो पटक अवे जर्सी लगाएर मैदान उत्रने भएको छ ।
विश्वकपको आयोजकको रुपमा इंग्ल्याण्डले भने घरेलु जर्सी प्रतियोगिताभर लगाउन पाउने छ । तर ,अन्य सहभागी ९ राष्ट्रले भने दुई जर्सी प्रयोग गर्नु पर्नेछ ।
इंग्ल्याण्डको यस बर्षको जर्सीको रंग निलो रहेको छ । त्यसैले भारतले इंग्ल्याण्डविरुद्ध 'अवे' जर्सी लगाउनु पर्ने भएको हो ।