काठमाडौं । नेपालले मलेसियासंग द्विपक्षीय टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ ।
नेपालले आगामी जुलाईमा मलेसियासंग उसैको मैदानमा २ खेलको सिरिज खेल्ने भएको हो । मलेसिया क्रिकेटको अनुसार नेपाल र मलेसियाबीचको सिरिज जुलाई १३ र १४ (असार २८-२९) मा हुनेछ ।
दुवै खेल किनरारा ओभलमा हुनेछ । मलेसिया क्रिकेट दुवै खेल लाइभ देखाउने समेत जनाएको छ ।
नेपालले गत माघमा युएईसंगको सिरिजपछि पहिलो पटक टी-ट्वान्टी सिरिज खेल्न लागेको हो । उक्त सिरिज नेपालले जितेको थियो ।
सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपालले मलेसियासंग सिरिज खेल्न लागेको हो ।
सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म आयोजना हुनेछ ।
प्रतियोगिताको लागि नेपालले बन्द प्रशिक्षण सुरु गरिसकेको छ । नेपालले बन्द प्रशिक्षणका लागि २५ खेलाडीलाई बोलाएको छ ।
एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसंग खेल्नेछ ।
नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् । छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ। एसिया छनोटमा युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगेको छ ।
बन्द प्रशिक्षणमा परेका नेपाली टोली :
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
अविनाश बोहरा
बसन्त रेग्मी
अमित श्रेष्ठ
भिम सार्की
बिनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
जितेन्द्र कुमार मुखिया
करण केसी
कुशल भुर्तेल
ललित भण्डारी
ललित नारायण राजवंशी
आरिफ शेख
नन्दन यादब
पवन सर्राफ
प्रदीप ऐरी
राजु रिजाल
रोहित कुमार पौडेल
सन्दीप लामिछाने
साहब आलम
शरद भेषवाकर
सोमपाल कामी
सन्दीप जोरा
सुशन भारी