एजेन्सी । भारतमा क्रिकेट खेल निकै लोकप्रिय छ । र, भारतले विश्व क्रिकेटमा छुट्टै छाप छाड्दै आएको छ ।
भारत क्रिकेट खेलाडी उत्पादन गर्ने राष्ट्रको शीर्ष स्थानमै पर्ने गर्छ । भारतमा जन्मिएका कतिपय खेलाडीहरु अहिले पनि अमेरिका, युएई, ओमान, क्यानाडा लगायतका देशबाट क्रिकेट खेल्दै आएक छन् ।
तर, केहि भारतीय मुलका खेलाडी छन् जसले विश्व क्रिकेटमा तहल्का पिटेका छन् । तर, उनीहरुले कहिल्लै भारतबाट खेलेनन् ।
विश्व क्रिकेटमा छुट्टै छाप छाड्न सफल भारतीय मुलका पाँच क्रिकेट खेलाडीहरुको वर्णन तल गरिएको छ ।
१. नासिर हुसेन
इंग्ल्याण्डका पूर्व कप्तान नासिर हुसेनले विश्व क्रिकेटमा छुट्टै छाप छाडेका छन् । इंग्ल्याण्डका लागि उनले ८ बढी रन बनाएका छन् ।
तर, उनको जन्म भने भारतमा भएको थियो । भारतको चेन्नईमा जन्मिएका हुसेन ७ वर्षको उमेरमा परिवारसहित इंग्ल्याण्ड गएका थिए ।
हाल क्रिकेट कमेन्ट्रीमा व्यस्त रहेका नासिरले भारतबाट भने कहिल्लै खेलेनन् । उनले तमिलनाडुबाट मद्रास क्रिकेट लिग भने खेलेका थिए ।
नासिरलाई विश्व क्रिकेटले निकै मेहनती खेलाडीको रुपमा हेर्ने गर्छ । उनलाई क्रिकेट लेजेण्ड सचिन तेन्दुलकरले उत्कृष्ट रणनीतिकर्ताको उपनाम दिएका छन् । उनको कप्तानीमा इंग्ल्याण्डले लगातार ४ टेष्ट सिरिज जित्न सफल भएको थियो ।
इंग्ल्याण्डको आधुनिक क्रिकेटलाई उचाइमा पुर्याउन उनको ठुलो योगदान रहेको छ । उनी विश्वको पुरानो क्रिकेट क्लब एमसीसीका सम्मानित सदस्य समेत हुन् ।
२. हसिम अमला
क्रिकेट करियरमा सफलता चुम्दै गरेका दक्षिण अफ्रिकाका भरपर्दा ब्याट्सम्यान हुन् हसिम अमला । अमला भारतीय मुलका क्रिकेटर हुन् ।
अमला दक्षिण अफ्रिकामा जन्मिएका भएपनि उनको पुर्खौली घर भने भारतको गुजरात रहेको छ । मुस्लिम परिवारका अमलाका हजुरबुवा भारत छाडेर दक्षिण अफ्रिका गएका थिए । जसको कारण उनी उतै जन्मिएका थिए ।
हाल उनी दक्षिण अफ्रिकाको मुख्य ब्याट्सम्यानका रुपमा विश्वकप खेलिरहेका छन् । अमलाले दक्षिण अफ्रिकाका लागि ५५ शतक प्रहार गर्दै १८ हजार अन्तराष्ट्रिय रन बनाईसकेका छन् ।
गुजरातका संचारमाध्यमका अनुसार अझै पनि अमलाको परिवारको घर सोहि स्थानमा रहेको छ । तर अमलाले व्यक्तिगत रुपमा त्यसको भ्रमण गरेका छैनन् ।
३. जीत राभाल
न्युजिल्याण्डका टेष्ट क्रिकेटको ओपनर खोज्दा जीत अशोक राभालको नाम आउने गर्छ । न्युजिल्याण्डका टेष्ट क्रिकेटर जीतले देशको लागि १८ खेलमा १ हजार बढी रन जोडेका छन् ।
तर, जीतको जन्म भने भारतमा भएको थियो । भारतको अहमेदबादमा जन्मिएका जीत परिवारसंगै न्युजिल्याण्ड बसाई सरेका थिए ।
भारतको गुजरातबाट यू-१५ र यु-१७ स्तरको क्रिकेट खेलेका जीत १६ बर्षको उमेरमा न्युजिल्याण्ड गएका थिए । र, क्रिकेट करियर उतैबाट अघि बढाए ।
पछिल्लो १४ बर्षबाट भारतको भ्रमण नगरेका जीतले गुजरातमा पार्थिब पटेल, रबिद्र जडेजा र अज्निका रहानेसंग उमेर समूहको क्रिकेट खेलेका थिए । तर, उनले भारतबाट कहिल्लै खेलेनन् ।
४. मुथिया मुरलिथरन
श्रीलंकाका मुथिया मुरलिथरन क्रिकेट इतिहाँसमा सदाबहार सम्झने नाम हो । उनलाई विश्वले सम्झने भनेको उनको जादुमय स्पिन बलिङ हो ।
पूर्व बलर मुरलिथरनले श्रीलंकाका लागि थुप्रै खेल एक्लैले जिताएका छन् । मुरलिथरनको नाममा १ हजार ३ सय ४७ अन्तराष्ट्रिय विकेट रहेको छ । अनुशासित खेलाडीको उपनामले चिनिने उनले कहिल्यै खराब प्रतिक्रिया देखाएनन् ।
श्रीलंकाबाट क्रिकेट खेलेपनि मुरलिथरन भारतीय मुलका खेलाडी हुन् । मुरलिथरनको पुर्खौली घर चेन्नई हो ।
कामको खोजीमा उनको हजुरबुवा श्रीलंका गएका थिए । केहि बर्ष श्रीलंका बसेका उनका हजुरबुबा भारत फर्किए पनि मुरलिथरनका बुवा श्रीलंकामै बसे । उनी त्यहि जन्मिए र आफ्नो क्रिकेट करियर श्रीलंकाबाटै अन्त्य गरे ।
५. रबि रामपाल
वेष्ट इण्डिजका एक उत्कृष्ट तिब्र गतिका बलर हुन् रबि रामपाल । उनले १९ बर्षको उमेरमा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरे ।
सुरुवाती दिनमा केहि संघर्ष गरेका उनी पछि वेष्ट इण्डिजका स्टार खेलाडी बनेका थिए । उनले १६० अन्तराष्ट्रिय विकेट हात पारेका छन् । ९० माइल प्रति घण्टाको बललाई पनि स्विङ गराउन सक्ने उनको अनौठो क्षमता रहेको थियो ।
त्रिनिडाड एण्ड टोबागोमा जन्मिएका रबि भारतीय मुलका खेलाडी हुन् । उनको पुर्खा कामको खोजीमा त्रिनिडाड एण्ड टोबागो गएका थिए । उनि त्यहिँ जन्मिए र पछि वेष्ट इण्डिजबाट क्रिकेट खेल सुरु गरे ।
केहि बर्षअघि रबिले हजुरबुवाको सम्झनामा एक क्रिकेट क्लिनिक खोलेका थिए ।
-एजेन्सीको सहयोगमा