एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले पाकिस्तान सामु २ सय ३८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । बिर्मिङघममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ३७ रन बनायो ।
८३ रनमा पाँच विकेट गुमाएको न्युजिल्याण्डको ईनिङ्सलाई जेम्स निशम र कोलिन डी ग्रान्डहोमले सम्हाले । दुवैले छैटौ विकेटका लागि १ सय ३२ रनको साझेदारी गरेका थिए ।
ओपनर मार्टिन गुप्टि ५ रन कोलिन मुन्रो १२ रनमा आउट हुदाँ कप्तान केन विलियम्स ४१ रनमा पोविलियन फर्किए ।
रोस टेलर ३ र टम लाथम १ रनमा आउट हुदाँ न्युजिल्याण्ड निकै खराब अवस्थामा थियो । त्यसपछि ब्याटिङमा आएका निशम र ग्रान्डहोमले न्युजिल्याण्डको ईनिङ्स उकासेका थिए ।
ग्रान्डहोम ६४ रनमा आउट हुदाँ निशम शतक बनाउन ३ रनले चुके । उनले १ सय १२ बलमा ५ चौथा र ३ छककाको मदतले ९७ रन बनाए ।
न्युजिल्याण्डलाई कम योगफलमा समेट्न साहिन साह अफ्रिदीले ३ तथा मोहमद आमिर र सादब खानले समान एक एक विकेट लिए ।
सेमिफाईनलमा स्थान बनाउन पाकिस्तानलाई जित्नैपर्ने दबाब छ । पाकिस्तानलाई हराउँदै न्युजिल्याण्ड सेमिफाईनलमा स्थान बनाउन चाहन्छ ।