एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले दुई उपाधि दाबेदार राष्ट्र न्युजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा भईरहेको छ ।
बिर्मिङ्घममा पाकिस्तानविरुद्ध न्युजिल्याण्डले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । तर, न्युजिल्याण्डले खराब ब्याटिङ गरिरहेको छ ।
न्युजिल्याण्डले २८ ओभरको खेल सकिदा महत्वपूर्ण ५ विकेट गुमाईसकेको छ । पाकिस्तानी बलर चम्कदा न्युजिल्याण्डले २८ ओभर सकिदा ५ विकेट गुमाएर ८६ रन बनाएर खेलिरहेको छ ।
आज दुवै टोली मैदान जित निकाल्दै सेमिफाईनल यात्रा तय गर्न चाहन्छ ।
पाकिस्तानविरुद्व जित निकाल्दै न्युजिल्याण्ड दुई खेल अगावै सेमिफाईनल यात्रा तय गर्न चाहन्छ । निकै फर्ममा देखिएको न्युजिल्याण्डले पाकिस्तानविरुद्व सहज जित निकाल्ने कप्तान केन विलियम्सले बताएका छन् ।
तर सेमिफाईनल पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तानलाई अन्तिम मौका छ । उसलाई अन्तिम ४ को यात्रा तय गर्न बाँकी खेल जित्नैपर्ने दबाब छ ।