काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटका लागि नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
अर्को साताबाट सुरु हुने प्रतियोगिताको १४ सदसीय नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका टिम म्यानेजर रमण शिवाकोटीले जानकारी गराए ।
प्रतियोगिता जुलाई २ देखि ९ सम्म हुनेछ । प्रतियोगिताको लागि नेपालले मंगलबार रोहित कुमार पौडेलको कप्तानीमा १४ सदसीय टिमको घोषणा गरिसकेको छ ।
नेपाली टोलीमा चार खेलाडी नयाँ अनुहार रहेका छन् । खड्क बोहोरा, तिलक भण्डारी, विशाल बिक्रम केसी र लोकेश बमले पहिलो पटक टिममा स्थान बनाएका छन् ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारसंग खेल्नेछ । समूह 'ए' मा रहेको नेपालले म्यानमारसंग जुलाई २ मा खेल्नेछ ।
यस्तै नेपालले दोस्रो खेलमा जुलाई ५ मा सिंगापुर र अन्तिम खेलमा जुलाई ६ मा चीनसंग खेल्नेछ ।
अर्को समूहमा आयोजक मलेसिया, भुटान, हङकङ र थाईल्याण्ड रहेका छन् ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
नेपाली टिम :
रोहित कुमार पौडेल (कप्तान)
रित गौतम
पवन सर्राफ
भिम सार्की
कुशल मल्ल
रशिद खान
कमल सिंह ऐरी
सागर ढकाल
हरि बहादुर चौहान
प्रतिष जिसी
खडक बोहरा
तिलक भण्डारी
बिशाल बिक्रम केसी
लोकेश बम