एजेन्सी । वेष्ट इण्डिजका क्रिकेट लिजेण्ड ब्रायन लारा अस्पतालमा भर्ना भएका छन् ।
भारतमा रहेका लारा बिरामी भएपछि मुम्बईको एक अस्पतालमा भर्ना भएका हुन् । एक्कासी छाती दुखेका कारण उनलाई अस्पताल लगिएको हो ।
टेलिभिजनको कामका लागि एक होटलमा रहेका लारालाई असहज भएपछि तुरुन्त अस्पताल लगिएको थियो । अहिले उनको दुखाई सामान्य भएको र उनि खतरा मुक्त रहेको बताईएको छ ।
वेष्ट इण्डिजका पूर्व कप्तान लारा १२ औं संस्करणको आईसीसी विश्वकपको प्रत्यक्ष प्रशारणका लागि भारत आएका हुन् ।
ब्याटिङ लिजेण्ड लारा चर्चित स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्ससंग आबद्द रहेका छन् । जसको कारण उनी भारतका रहेका छन् ।
भारत र पाकिस्तानबीचको खेल हेर्न इंगल्याण्ड पुगेका लारा पुन:भारत फर्केर कमेन्ट्री गरिरहेका छन् ।