एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी विश्वकप किकेट पछी भारतले वेष्ट इण्डिजको भ्रमण गर्ने भएको छ ।
भारतले आगामी अगष्टमा वेष्ट इण्डिजको भ्रमण गर्ने गर्नेछ ।
वेष्ट इण्डिजको भ्रमणमा भारतले घरेलु टोलीसँग २ खेलको टेष्ट, ३ एकदिवसीय र ३ खेलको टी-ट्वान्टी खेल्नेछ ।
तर, भारतले वेष्ट इण्डिजको भ्रमणमा कप्तान विराट कोहली र तीब्र गतिका बलर जस्प्रित बुम्राहलाई विश्राम दिने भएको छ । तर, कोहली र बुम्राहलाई लिमिटेड ओभरको खेलमा मात्र विश्राम दिईने बताइएको छ । दुवै जना टेष्ट सिरिजका लागि भने उपलब्ध हुने छन् ।
‘विराट र जस्प्रितले टी-ट्वान्टी र एकदिवसीय खेलमा विश्राम लिनेछन् ।’ बीबीसीआईका एक अफिसियलले भनेका छन्, 'विराटले अष्ट्रेलियाविरुद्धको सिरिजबाट विश्राम लिएका छैनन् । बुम्राहले पनि लामो समयबाट आराम गरेका छैनन् । लिमिटेड ओभरको सिरिज पछी उनीहरु टोलीसगँ जोडीने छन् ।’
विराट र जस्प्रितसंगै अन्य खेलाडीले पनि विश्राम पाउने सम्भावना रहेको छ । धेरै भारतीय खेलाडीले अष्ट्रेलियाको सिरिजपछि निरन्तर न्युजिल्याण्ड, आईपीएल हुँदै विश्वकपमा व्यस्त रहदा आराम गर्न पाएका छैनन् ।