काठमाडौं । कञ्चनपुरमा जारी प्रधानमन्त्री कप महिला टी ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदुर पश्चिम प्रदेशले दोस्रो जित हात पारेको छ ।
आईतबार भएको खेलमा सुदुर पश्चिमले प्रदेश ५ लाई ५१ रनको पराजित गरेको हो । १ सय १ रनको लक्ष्य पछ्याएको प्रदेश ५ टिम १६ ओभरमा ४९ रनमा समेटियो ।
लक्ष्मी चौधरीले अविजित १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । प्रदेश ५ का ५ खेलाडीले खाता खोल्न सकेनन् ।
सुदुर पश्चिमकी जानकी भट्टले ३ विकेट हात पारिन् । यस्तै कबिता कुवर, सुमन बिष्ट् र लक्ष्मी साउदले समान २-२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुर पश्चिमले १६ ओभर १ बलमा सय रन बनाएको थियो ।
कविता कुँवरले ४३ रन बनाएको ईनिङ्समा कबिता जोशीले १९ रनमा आउट भईन् । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छ्न सकेनन् ।
प्रदेश ५ की नेरी थापा र अलिसा केसीले समान ३-३ विकेट हात पारे ।
खेलको 'वुमन अफ द म्याच' सुदुर पश्चिमकी कबिता कुँवर घोषित भइन् ।