काठमाडौं । डाक्नेश्वरी ड्रागन सप्तरीमा जारी मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
शनिबार भएको रोमान्चक खेलमा तिलाठी कोइलाडी ड्रागनलाई २ रनले पराजित गर्दै डाक्नेश्वरी ड्रागन फाइनल पुगेको हो ।
डाक्नेश्वरीले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको तिलाठीले २० ओभरमा अलआउट हुँदै ९९ रन मात्रै बनाउन सक्यो ।
कोइलाडीको लागि रोहन बिकले सर्वाधिक २५ रन जोड्दा सुरज पटेलले १८ तथा कमल ओली र प्रशान्त राई १४/ १४ रन बनाए ।
डाक्नेश्वरीका रोबिन सिंहले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा १९ रन मात्र खर्चिए। यस्तै राहुल मण्डलले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गर्दै डाक्नेश्वरीले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय १ रन बनाएको थियो ।
डाक्नेश्वरीका लागि राहुल मण्डलले सर्वाधिक २५, चित्र बहादुर बिस्टले २० तथा रोबिन सिंहले १३ रन बनाएका थिए। तिलाठीका कमल ओलीले ४ विकेट लिए।
अब फाइनलमा डाक्नेश्वरीले मेहबुब आलमको कप्ताननीमा रहेको रुपनी राइडर्ससंग खेल्नेछ ।
लिगको विजेताले २ लाख तथा उप-विजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।