एजेन्सी । ईङ्ल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानको खराब प्रदर्शनको कारण स्ट्राइक बलर राशिद खानेले खुलाएका छन् । अन्तराष्ट्रिय क्रिकेट मिडिया क्रिकइन्फोसंग कुराकानी गर्दै उनले अफगानिस्तानको खराब प्रर्दशनको कारण खुलाएका छन् ।
विश्वकप तयारीको क्रममा अफगानिस्तानले बाउन्स पिचमा नखेलेका कारण नतिजा आउन नसकेको राशिद बताउँछन् ।
‘विश्वकप अघि हामीले बाउन्स पिचमा खेल्ने मौका पाएनौं ।’ राशिदले भने, ’एसिया कपको तयारी दुबईमा गरेका थियौं र त्यो पिचमा राम्रोसंग घुलमिल भएका थियौ र नतिजा उत्कृष्ट आएको थियो ।’
उदाहरणका लागि राशिदले बंगालदेशलाई हेर्न सुझाए ।
‘उसले (बंगालादेश) विश्वकप अघि दक्षिण अफ्रिका र न्युजिल्याण्डको भ्रमण गरेको थियो । लामो समय बाउन्स पिचमा खेलेका कारण उनीहरु हरेक खेलमा ३ सय माथि रन बनाउन सकेका छन् ।’
विश्वकपको तयारीमा अफगानिस्तानले इङ्ग्ल्याण्ड र स्कटल्याण्डको भ्रमण गरेको थियो ।
विश्वकपमा ५ खेल खेलिसक्दा अफगानिस्तानले कुनै अंक जोड्न सकेको छैन । सेमिफाइनलको लक्ष्य बोकेर विश्वकपको थालनी गरेको अफगानिस्तान अंक तालिकाको पुछारमा रहेको छ । र अंक विहिन छ ।
गत बर्ष भएको एसिया कपमा उसले भारतबिरुद्द बराबरी खेलेको थियो । २ सय ५३ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर ५ बल खेल्दा मात्र २ सय ५२ रन मात्र बनाएको थियो ।
अन्तिम विकेट रहंदा २ बलमा मात्र १ रन चाहिएको भारतलाई राशिद खानले रबिन्द्र जडेजालाई आउट गरेका थिए ।