एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डविरुद्वको खेलमा वेस्ट ईन्डिजले टस जितेको छ । म्यानचेष्टरमा टस जितेर वेस्ट ईन्डिजले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
वेस्ट ईन्डिजले टिममा तीन परिवर्तन गरेको छ । उसका ड्यारेन ब्राभो, आन्द्रे रसेल र सान्नोन गाब्रेललाई विश्राम दिएको छ । उनले तीन परिवर्तित खेलाडीको रुपमा एस्ले नर्स, कार्लोस ब्रेथवेट र केमार रोचलाई समावेश गरेको छ ।
न्युजिल्याण्डले पुरानै टिमलाई वेस्ट ईन्डिजविरुद्वको खेलमा निरन्तरता दिएको छ ।
अपराजित न्युजिल्याण्ड ५ खेलबाट ९ अंक सहित दोस्रो स्थानमा छ । वेस्ट ईन्डिज मात्र तीन अंक सहित छैटौ स्थानमा छ । सेमिफाईनल पुग्ने सम्भावना बलियो बनाउन वेस्ट ईन्डिजलाई जित्नै पर्ने दबाब छ ।