काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले दोस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेश १० विकेटले पराजित गरेको हो ।
बर्षाले प्रभाबित खेलमा दुवै तर्फको ओभर घटाएर ५-५ ओभर खेलाइएको थियो ।
डीएल पद्दतिका आधारमा २६ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले एक ओभर ३ बलमा बिना कुनै विकेट गुमाएर लक्ष्य भेट्टायो । प्रदेश १ की रुबिना छेत्रीले ५ बलमा १२ तथा काजोल श्रेष्ठले ४ बलमा ११ रन बनाइन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश ५ ओभेरमा १ विकेट गुमाएर २३ रन बनाएको थियो । मधु जिसीले सर्वाधिक १० रन जोडिन् । यस्तै मन्जु चौधरीले ६ तथा रबिना चौधरीले २ रन बनाइन् । प्रदेश १ की सबनम राईले १ विकेट हात पारिन् ।
खेलको प्लेअर अफ द म्याच प्रदेश १ की रुबिना क्षेत्री घोषित भइन् ।
जितसंगै प्रदेश १ दुई खेलबाट ४ अंक जोड्दै समुह बीको शीर्ष स्थानमा उक्लिएको छ । कर्णाली प्रदेश २ खेलमा अंक विहिन हुदै तालिकाको पुछारमा छ ।