एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुदैछ । साउथह्याम्टनमा भारतले टस जितेको छ । र ब्याटिङ्ग गर्ने निर्णय गरेको छ ।
तुलनात्मक रुपमा बलियो टिम भारत अफगानिस्तानलाई हराउँदै चौथो जितको खोजीमा हुनेछ । भारतले ४ खेलमा ३ जित र १ नतिजाविहीन अंकसहित ७ अंक जोडेको छ । तालिकाको चौंथो स्थानको भारत अफगानिस्तानलाई हराएर शीर्ष दुईमा उक्लन चाहन्छ ।
तर, अफगानिस्तानविरुद्ध भारत शतर्क भएर खेल्नेछ । किनकी जितविहीन रहेको अफगानिस्तानको अप्रत्यासित नतिजासंग भारतलाई डर हुनेछ ।
अफगानिस्तानले ५ खेलमा अंक जोड्न सकेको छैन । पुछारमा रहेको अफगानिस्तान भारतलाई स्तब्ध बनाउने योजनामा हुनेछ । जसका लागि अफगानिस्तानले जादुमय प्रदर्शन गर्ने सक्छ ।
दुई टिमबीचको पछिल्लो दुई भेटमा भारतले १ खेल जितेको छ । दुईबीचको एक खेल रद्द भएको छ । दुवै खेल एसिया कपको दौरान भएको थियो ।