एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा वेस्ट ईन्डिजको प्रर्दशन गतिलो छैन । खेलिएका ५ खेलमा मात्र एक जित वेस्ट ईन्डिजले आत्मसाथ गरेको छ । बर्षाले एक खेल प्रभावित बन्यो । सोही कारण वेस्ट ईन्डिज तालिकाका पुछार तिर छ, ४ अंक सहित ।
यदी अघिल्लो चरणको यात्रा तय गर्ने हो भने वेस्ट इन्डिजलाई अब खेलमा फर्कन आवश्यक छ । एक हिसावले वेस्ट ईन्डिज ‘गर वा मर’को स्थितीमा छ ।
शनिबार हुने दुई मध्य एक खेलमा वेस्ट इन्डिजको प्रतिद्वन्दी न्युजिल्याण्ड रहेको छ ।
अपराजित टिम समेत रहेको न्युजिल्याण्डलाई पहिलो हार चख्याउँदै प्रतियोगितामा पुनरागमन गर्ने अवसर वेस्ट ईन्डिजलाई छ ।
तर विश्वकपमा न्युजिल्याण्डले निकै सन्तुलित प्रर्दशन गरिरहेको छ । सोही प्रर्दशनलाई वेस्ट ईन्डिजविरुद्व निरन्तरता दिने लक्ष्य उसको रहनेछ । केन विलियम्स, मार्टिन गुप्टिल, रोस टलर र केलिन मुनरोको ब्याटिङ्ग लाईनले कुनैपनि समय वेस्ट ईन्डिजलाई समस्या पार्न सक्छ । पछिल्लो खेलमा दक्षिण अफ्रिकाविरुद्व उत्रिएको टिममा कुनै परिवर्तन हुने छैन ।
यता, पहिलो खेलमा पाकिस्तानलाई हराएर प्रतियोगिताको उत्कृष्ट सुरुवात गरेको वेस्ट ईन्डिजले सोही लयलाई अन्य खेलमा कायम राख्न सकेन ।
वेस्ट ईन्डिजका स्टार क्रिस गेल र आन्द्रे रसेलले अहिलेसम्म उत्कृष्ट ईनिङ्स खेल्न सकेका छैनन् ।
सोही कारण दबाब अन्य खेलाडीमा परेको देखिन्छ । सेमिफाईनलमा स्थान बनाउन जेसन होल्डरको टिमले प्रर्दशनमा सुधार गर्दै बाँकी सबै खेल जित्न आवश्यक छ । बंगलादेशविरुद्व अघिल्लो खेलमा उत्रिएको टिमनै न्युजिल्याण्डविरुद्व उत्रन सक्नेछ ।