काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ५ ले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको दिनको दोस्रो खेलमा प्रदेश नम्बर ५ ले गण्डकी प्रदेशलाई ८ विकेटले हराएको हो ।
७९ रनको सामान्य लक्ष्य प्रदेश ५ ले १२ दशमलव २ ओभरमा मात्र २ विकेट गुमाएर पुरा ग¥यो । नेरी थापाले अविजित २८ रन जोड्दा गिता गोसाईले २० रन बनाईन् । सरस्वती घर्तिमगर १० रनमा आउट हुदाँ ममता थापा ५ रनमा अविजित रहिन् । गण्डकीकी शुशिला गुरुङले २ विकेट लिईन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी १८ दशमलव ३ ओभरमा ७८ रनमा अलआउट भयो । शुशिला गुरुङले १९ र श्रृष्टि पौडेलले १८ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकको स्कोरनै छुन सकेनन् । प्रदेश ५ की नेरी थापाले ३ तथा लक्ष्मी चौधरीले १ विकेट लिईन् ।
जितसंगै प्रदेश ५ ले समुहमा २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दुई खेलबाट गण्डकी अंक विहिन हुदै तालिकाको पुछारमा छ ।