काठमाडौं । सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ ।
आगामी जुलाईमा हुने एसिया फाइनलका लागि नेपालले बिहिबारबाट तयारी सुरु गरेको हो । नेपालले बन्द प्रशिक्षणका लागि २५ खेलाडीलाई बोलाएको छ ।
टियु क्रिकेटमा मैदानमा मुख्य प्रशिक्षक उमेश पटवालको नेतृत्वमा नेपालले प्रशिक्षण सुरु गरेको हो । पहिलो दिन नेपालले बिहान प्रशिक्षण गरेको नेपाली टिमका म्यानेजर रमण सिवाकोटीले जानकारी दिए ।
'यू-१९ टोलीको क्याम्प समेत रहेकाले समय मिलाउन सिनियर टोलीलाई बिहानको समय बोलाइएको हो ।' सिवाकोटीले भने ।
यस्तै टिम म्यानेजर शिवाकोटीले नेपालले प्रतियोगिताअघि मलेसियामा २ खेलको सिरिज खेल्न आईसीसीसंग प्रस्ताव गरेको जानकारी गराए ।
'आईसीसीलाई २ खेलको सिरिजको प्रस्ताव राखेका छौं । उताबाट केहि जानकारी आएको छैन । एक दुई दिनमा तय हुनेछ ।' उनले थपे ।
सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म आयोजना हुनेछ ।
एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसंग खेल्नेछ ।
नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् । छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ। एसिया छनोटमा युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगेको छ ।
बन्द प्रशिक्षणमा परेका नेपाली टोली :
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
अविनाश बोहरा
बसन्त रेग्मी
अमित श्रेष्ठ
भिम सार्की
बिनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
जितेन्द्र कुमार मुखिया
करण केसी
कुशल भुर्तेल
ललित भण्डारी
ललित नारायण राजवंशी
आरिफ शेख
नन्दन यादब
पवन सर्राफ
प्रदीप ऐरी
राजु रिजाल
रोहित कुमार पौडेल
सन्दीप लामिछाने
साहब आलम
शरद भेषवाकर
सोमपाल कामी
सन्दीप जोरा
सुशन भारी