एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई औसत लक्ष्य प्रस्तुत गरेको छ । जितकाे लागि अफ्रिकी टिमले न्युजिल्याण्ड सामु २ सय ४२ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ ।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ औ ओभरमा ६ विकेट गुमाएर २ सय ४१ रन बनायो ।
रस्सी भान डेर डुसनको ६७ रन र हसिम अमलाको ५५ रनको मदतमा दक्षिण अफ्रिकाले औसत लक्ष्य प्रस्तुत गरेको हो ।
ओपनर क्विनटन डि कक ५ रनमा आउट हुदाँ कप्तान फाफ डु प्लेसिस २३ रनमा पोविलियन फर्किएका थिए ।
न्युजिल्याण्डका लोकिस फर्गुसनले सर्वाधिक ३ विकेट लिए ।