एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज (बुधबार) न्युजिल्याण्ड र साउथ अफ्रिकाबीच प्रतिस्पर्धा हुदैछ ।
न्युजिल्याण्ड लिग चरणको पाँचौ र साउथ अफ्रिका छैटौ खेलमा प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।
ठुला प्रतियोगितामा लय गुमाउने छबी बनाएको दक्षिण अफ्रिका यसपटक समेत दबाबमा छ । सुरुवाती ५ खेलमा उसले एकमा मात्र जित निकालेको छ । शीर्ष चारको होडमा फर्कने हो भने अफ्रिकालाई न्युजिल्याण्डविरुद्वको खेल अवसर हुन सक्छ । उसलाई प्रतियोगिताको अपराजित टिमलाई हराउँदै प्रतियोगितामा पुनरागमन गर्ने अवसर प्राप्त छ ।
न्युजिल्याण्ड निकै सन्तुलित प्रर्दशन गर्दै अहिलेसम्मको यात्रा तय गरेको हो । प्रतियोगितामा सर्वाधिक रन बनाउने शीर्ष १० भित्र न्युजिल्याण्डका ब्याट्सम्यान समावेश छैनन् । न त सर्वाधिक विकेट लिने शीर्ष पाँच खेलाडीमा न्युजिल्याण्ड समावेश छ ।
तर उसले अहिलेसम्म अपराजित यात्रालाई कायम राखेको छ । एक हिसावमा दक्षिण अफ्रिकालाई हराउँदै शीर्ष स्थानमा उक्लिने अवसर न्युजिल्याण्डसंग छ ।
एक हिसावमा न्युजिल्याण्डको परिक्षा बलियो टोलीसंग भएको छैन । उसले श्रीलंका, अफगानिस्तान र बंगलादेश जस्ता टिमलाई हराएको हो ।
भारतसंग बर्षाले खेल प्रभावित बनाएको थियो । सोही कारण न्युजिल्याण्डले दक्षिण अफ्रिकाविरुद्व बलियो चुनौतीको सामना गर्नुपर्ने आँकलन गर्न सकिन्छ ।