एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ३ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
इंग्ल्याण्डको म्यानचेस्टरमा भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३६ रन बनायो ।
भारतका लागि ओपनर तथा उप कप्तान रोहित शर्माले १ सय ४० रनको शतकीय इनिङस खेले । उनले १ सय १३ बलमा १४ चौका र ३ छक्काको मदतले शतकिय ईनिङ्स खेलेका थिए ।
उनले पहिलो विकेटका लागि केएल राहुलसंग १ सय ३६ रनको साझेदारी गरे । राहुल ५७ रन बनाएर आउट भए ।
कप्तान बिराट कोहलीले ७७ रन बनाए । उनले ६५ बलमा ७ चौकाको मदतले भारतीय ईनिङ्स उकासेका थिए । हार्दिक पाण्ड्या २६, महेन्द्र सिंह धोनी १ रन बनाएर आउट भए । विजय शंकर १५ र केदार जादव ९ रनमा नटआउट रहे ।
पाकिस्तानका मोहमद आमिरले ३ विकेट हात पारे । १० ओभर बलिङ गरेका उनले १ मेडन सहित ३ विकेट लिन ४७ रन खर्चिए । यस्तै हसन अलि र वहाव रियाजले समान १-१ विकेट हात पारे ।
भारतले ३ खेलमा २ जित र एक खेलमा अंक बाड्दै ५ अंक जोडेको छ । पाकिस्तान ४ खेलमा १ जित, २ हार र १ बराबरी सहित ३ अंक बटुलेको छ ।