एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज (बिहिबार) हुने भारत र न्युजिल्याण्डबीचको खेलमा समेत मौषम बाधक बन्ने देखिएको छ ।
दुई अपराजित राष्ट्र भारत र न्युजिल्याण्डबीच हुने खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । ईङ्ल्याण्डको नटिङ्गममा हुने खेल नेपाली समय अनुसार खेल पौने ३ बजे सुरु हुनुपर्ने थियो । तर बर्षाका कारण टस समेत हुन सकेको छैन ।
नटिङगममा पानी रोकिने र बर्षा हुने क्रम निरन्तर छ । लगातारको बर्षाका कारण विश्वकपमा यसअघिका तीन खेल रद्द भईसकेको छ ।
भारतीय टिम फर्ममा देखिएको ब्याट्सम्यान शिखर धवनबिना मैदान उत्रने छैनन् ।
अस्ट्रेलियाबिरुद्दको खेलमा औंलामा चोट बोकेका उनी बीसीसीआईको मेडिकल टिमको निगरानीमा रहेका छन् ।
भारतीय टिमले दक्षिण अफ्रिका र अष्ट्रेलिया जस्ता बलियो टिमलाई हराईसकको छ । खेलिएका २ खेलमा जित हात पार्दै भारत ४ अंक सहित तालिकाको चौथो स्थानमा छ ।
न्युजिल्याण्डले ३ खेलमा सत प्रतिशत जित निकाल्दै ६ अंक सहित शीर्ष स्थानमा रहेको छ ।
अभ्यास खेलमा भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा भएको थियो । जहाँ न्युजिल्याण्डले जित निकालेको थियो ।