एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज (बिहिबार) दुई अपराजित टिम भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुदैछ ।
विश्वकपको जारी प्रतियोगितामा दुवै टिम अपराजित छन् । बर्षा बाधक नभएको खण्डमा ट्रेन्ट ब्रिज मैदानमा हुने खेलमा एक टिमको विजयी यात्रमा ब्रेक लाग्नेछ ।
भारतीय टिमले दक्षिण अफ्रीका र अष्ट्रेलिया जस्ता बलियो टिमलाई हराईसकको छ ।
न्युजिल्याण्डले अलि कमजोर टिमलाई पराजित गरेको छ । मैदान उत्रदै गर्दा दुवै टोलीले कडा प्रतिद्वन्दीको सामना गर्नुपर्ने तय छ ।
भारत ह्याट्रिक जितको खोजीमा रहदै गर्दा मुख्य समस्या बर्षा रहेको छ । बर्षाकै कारण विश्वकपमा तीन खेल रद्व भईसकेको छ ।
न्युजिल्याण्डले तीन खेल र भारतले दुई खेलमा जित हासिल गरेको छ ।
अभ्यास खेलमा भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा भएको थियो । जहाँ न्युजिल्याण्डले जित निकालेको थियो । अभ्यास म्याचमा न्युजिल्याण्डका बलरसामु भारतीय ब्याट्म्यान केही डराएका देखिन्थे ।
त्यसैले न्युजिल्याण्डविरुद्व उत्रदै गर्दा भारतीय टिम बढी सर्तक रहन आवश्यक छ । भारतीय टिममा मुख्य ब्याट्सम्यान शिखर धवन रहने छैनन् । चोटका कारण उनी केही हप्ता मैदान बाहिर छन् । अष्ट्रेलियाविरुद्वको खेलमा उनले चोट बोकेका थिए । सो खेलमा धवनले १ सय १७ रनको शतकिय ईनिङ्स खेलेका थिए ।
फर्ममा रहेका धवनको बहिर्गमनले भारतलाई पक्कै चिन्ता थपेको हुनुपर्छ । तर धवनको स्थानमा न्युजिल्याण्डविरुद्व लोकेश राहुल र रोहित शर्माले ओपनिङ जोडीको रुपमा सुरुवात गर्नेछन् । राहुल पछिल्ला दुई खेलमा चार नम्बरबाट खेलेका थिए । अब कप्तान विराट कोहली चार नम्बरमा खेल्नेछन् ।
धवनको स्थानमा विजय शंकर र दिनेश कार्तिक मध्य एकलाई लिन सक्ने विकल्प विराटलाई छ ।