काठमाडौं । कंचनपुरको महेन्द्रनगरमा आयोजना हुने प्रधानमन्त्री कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।
आयोजक महाकाली स्पोर्ट्स सोसाइटीले बुधबार निकालेको खेल तालिका अनुसार उद्घाटन खेलमा गण्डकी र सुदुरपश्चिम भिड्ने भएका हुन् । उद्घाटन खेल असार ४ गते हुनेछ ।
प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछ । अर्को खेलमा प्रदेश २ र कर्णाली प्रदेशबीच खेल हुनेछ ।
प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहनेछ । जसमा सात प्रदेश र एक विभागीय टिम एपीएफको सहभागिता रहेको छ । ८ टोलीलाई २ समूह विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउने छन् । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५/१५ हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि अनुमानित ८८ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । जसमा ३५ लाख राष्ट्रिय खेलकुद परिषद (राखेप)ले उपलब्ध गराउने आयोजकले जनाएको छ ।
खेल तालिका :