एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज (सोमबार) दक्षिण अफ्रीका र वेस्ट ईन्डिजबीच प्रतिस्पर्धा हुदैछ । सुरुवाती तीन खेल हारेर दबाबमा आएको दक्षिण अफ्रीकालाई साउथह्याम्टनमा जित निकाल्दै प्रतियोगितामा फर्कने अवसर प्राप्त छ ।
खेलको सही योजना बनाउन नसक्दा अफ्रीकी टिम प्रतियोगितामा निरन्तर असफल छ । सुरुवातका तीन खेल हारेर टिम आफै समेत ठुलो दबाबमा आएको छ । उसैपनि लगातारको पराजयले दक्षिण अफ्रीकी टिमको भविष्य जोखिममा छ । मुख्य बिषय अफ्रीकी टोलीको हार भन्दा पनि उनीहरुले खेल्ने तरिकाले चिन्ता थपिदिएको छ ।
उनीहरुले ईङ्ल्याण्डविरुद्व राम्रो बलिङ प्रर्दशन गरेका थिए । तर ब्याट्सम्यानहरु रट बटुल्न असफल देखिए ।
बंगलादेशविरुद्व दक्षिण अफ्रीकी टिमका ब्याट्सम्यानले उच्च स्तरको प्रर्दशन गरेका थिए । तर बलरले दिएको रनलाई पछ्याउन ब्याट्सम्यानलाई मुस्किल परेको थियो ।
भारतविरुद्वको खेलमा त अफ्रीकी टिम बलिङ र ब्याटिङ दुवैमा चुक्न पुगेको थियो । डेल स्टेन काँधको चोटका कारण टिम बाहिर थिए । त्यही समय एबीडी भिलियर्सको समाचार समेत बाहिर आएको थियो । भिलियर्सको विश्वकप खेल्न चाहानाले अफ्रीकी टिमलाई पुन चर्चामा ल्याएको थियो ।
यता, अष्ट्रेलियाविरुद्व वेस्ट ईन्डिजले खेल जित्न सक्ने सम्भावना देखाएको थियो । उनीहरुले अष्ट्रेलिया ७९ रन बनाएर खेल्दा ५ विकेट झारिदिएका थिए । उनीहरुले आक्रमक सुरुवात गरेका थिए । तर अन्तिमसम्म वेस्ट इन्डिजले त्यो लय कायम राख्न सकेन । अष्ट्रेलिया अन्तिममा २ सय ८८ रन बनाएर आउट भएको थियो । स्टेभन स्मिथको ७३ रनको ईनिङ्स र आठौं नम्बरका ब्याट्सम्यानले बनाएको ९२ रनले वेस्ट ईन्डिजलाई दबाब थपेको थियो ।
तर जवाफमा वेस्ट ईन्डिजका साई होप र जेसन होल्डरमात्र चल्न सके । आक्रमक ब्याटिङ्ग खेल्ने क्रममा क्रिस गेल र आन्द्रे रसेल आउट भएका थिए । यदी वेस्ट ईन्डिज सेमिफाईनल पुग्न सक्दैन भने अष्ट्रेलियाविरुद्वको सोही खेललाई लिएर लामो समय पछुताउने छ । सोही कारण सचेत भएर विपक्षी टिमविरुद्व उत्रनुपर्ने चुनौती वेस्ट ईन्डिजको टिमलाई रहेको छ ।