काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जित्न त्रिभुवन आर्मी क्लबले पुलिस समक्ष १ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पहिले ब्याटिङ्ग गरेको आर्मी ३३ दशमलव ३ ओभरमा अलआउट हुदै १ सय २५ रन मात्र बनाउन सक्यो ।
पवन सरार्फ र ललितनारायण राजवंशीकाे धारिलो बलिङ सामु आर्मीका ब्याट्सम्यान निरिह रहे । ओपनर राजु रिजालले ३२ र सोमपाल कामीले ३५ रन बनाउनु बाहेक अन्यको प्रर्दशन गतिलो रहेन ।
रोहित पौडेल १८ र भिम सार्की २० रन बनार आउट भए । तीन ब्याट्सम्यान शुन्य रनमा पोविलियन फर्किदा कप्तान बिनोद भण्डारी १, राजेश पुलामी मगर ३ र हरी चौहान ४ रनमा आउट भए ।
पुलिसका पवनले ७ ओभरमा ४ मेडल राख्दै १२ रन खर्चेर ४ विकेट लिए । ललितले ९ दशमलव ३ ओभर बलिङ गर्दै १ मेडन सहित ३६ रन खर्चेर ४ विकेट लिए । सागर ढकालले १ विकेट हात पारे ।