एजेन्सी । भारतको गुरुग्राम नगरपालिकाले भारतीय कप्तान विराट कोहलीलाई ५ सय भारतीय रुपैया जरिवाना गरेको छ ।
कप्तान कोहलीले खानेपानीले आफ्नो कार धोएको भन्दै नगरपालिकाले कारबाहीस्वरुप ५ सय जरिवाना गरेको हो ।
नगरपालिकाका पदाधिकारीले कोहलीले खानेपानी नाश गरेको भन्दै जरिवाना गरेको हो ।
कोहलीले आफ्नो घर अगाडी पार्क गरिएको आधा दर्जन गाडीहरु खानेपानीले धोएपछि कोहलीको छिमेकीले नगरपालिकामा उजुरी दिएका थिए ।
कोहली अहिले इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा व्यस्त रहेका छन् । विश्वकपबाट फर्किएपछि कोहलीलाई जरिवाना तिर्न लगाउने नगरपालिकाका पदाधिकारीले जनाएका छन् ।