एजेन्सी । इन्डियाविरुद्धको दोस्रो ट्वान्टी २० खेममा इङ्ल्याण्ड पाँच विकेटले विजयी बनेको छ । जितपछि ३ म्याचको सिरिज १–१ को स्थितीमा पुगेको छ ।
कार्डिफमा पहिले व्याटिङ गरेको इन्डियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । कप्तान विराट कोहलीले ४७ र महेन्द्र सिंह धोनीले नटआउट ३२ रन बनाउनु बाहेक अन्यको प्रर्दशन गतिलो रहेन । सुरेश रैनाले २७ रन बनाएका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको इङ्ल्याण्डले २ बल बाँकी छँदै लक्ष्य पुरा ग¥यो । एलेक्स हल्सले नटआउट ५८ रन बनाएको इनिङ्समा जोनी ब्रेस्टोले २८ रन बनाए । इन्डियाका उमेश यादवले सर्वाधिक २ विकेट लिए ।
तेस्रो तथा अन्तिम ट्वान्टी २० खेल भोली ब्रिस्टोलमा हुनेछ ।