काठमाडौं । राष्ट्रिय टिमका अनुभवी बलर बसन्त रेग्मी प्रधानमन्त्री कपको दोस्रो सेमिफाईनलको खेलमा मैदान उत्रने भएका छन् । एपीएफ टिमका महत्वपुर्ण सदस्य रहेका बसन्त चोट मुक्त हुदै मैदान फर्कन लागेका हुन् ।
आठौं राष्ट्रिय खेलकुदमा चोट बोेकेपछि उनी मैदान बाहिर थिए । उनले फाईनल खेल समेत गुमाएका थिए । फिल्डिङको क्रममा उनले हिपमा चोट बोकेका थिए ।
सोही कारण उनले प्रधानमन्त्री कपको समुह चरणको खेल खेल्न पाएका थिएनन् । काठमाडौंमा जार प्रधानमन्त्री कपको दोस्रो सेमिफाईनलमा एपीएफले आज पुलिससंग प्रतिस्पर्धा गर्दैछ ।
सेमिफाईनलमा मैदान उत्रन लागेका बसन्तले एपीएफ टिमको कप्तानी गर्नेछन् । यसअघि पृथु बास्कोटाले टिमको नेतृत्व गर्दै आएका थिए ।
एपीएफको टिममा आज अर्को परिवर्तन हुनेछ । एपीएफले चोटका कारण भुवन कार्कीलाई आजको खेल गुमाउनेछन् ।