एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले इंग्ल्याण्डका जोफ्रा आर्चर र जासन रोयलाई जरिवाना गरेको छ ।
इंग्ल्याण्डका जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दौरान आईसीसीको आचार संहिता उलंघन गरेको भन्दै आर्चर र रोयलाई जरिवाना गरिएको हो ।
सोमबार राति पाकिस्तानविरुद्धको खेलमा आर्चर र रोयले आईसीसीको आचार संहिता उलंघन गरेको जनाईएको छ । उक्त खेलमा पाकिस्तानले इंग्ल्याण्डलाई १४ रनले हराएको थियो ।
रोयले आईसीसीको आचार संहिताको धारा २.३ र आर्चरले धारा २.८ उलंघन गरेको बताईएको छ । कारबाहीस्वरुप रोय र आर्चरलाई म्याच फिको १५ प्रतिशत जरिवाना गरिएको छ ।
यस्तै पाकिस्तानका कप्तान सर्फराज अहमेदलाई पनि म्याच फिको २० प्रतिशत जरिवाना गरिएको छ ।