काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले प्रदेश नम्बर ५ लाई जितका लागि २३५ रनको फराकिलो लक्ष्य दिएको छ ।
किर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४९ ओभर २ बलमा अलआउट हुँदै २३४ रन बनायो ।
गण्डकीका लागि अनिल गुरुङले शतकीय इनिङ्स खेले । अनिलले १५२ बलमा ११५ रनको योगदान गरे ।
यस्तै दिपेश श्रेष्ठले २८ तथा कप्तान गोविन्द प्रधानले २६ रन बनाए । मेख बहादुर सेनले २३ र किशोर महतोले २० रन जोडे ।
प्रदेश ५ का अनिल खरेलले ५ विकेट लिए । यस्तै कृष्ण कार्की र बिक्रम कुमार भुसालले २/२ विकेट लिए ।
दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।अघिल्लो चरण प्रवेश गर्ने गणितिय सम्भावना दुवै टोलीलाई जित आवश्यक छ । प्रदेश ५ टिम १ अंक सहित चौथो र अंक विहिन गण्डकी तालिकाको पुछारमा छ ।