एजेन्सी । ब्राजिलियन फुटबलर नेयमारले बलात्कारको आरोप अस्वीकार गरेका छन् ।
एक महिलाले हालै नेयमारले पेरिसमा आफुलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिईन् । तर, नेयमारले आफुले कहिलै यस्तो काम नगर्ने बताउँदै आफुलाई लागेको आरोपले आश्चर्यमा परेका बताएका छन् ।
'मलाई बलात्कारको आरोप लागेको छ । निकै ठुलो शब्द हो । यो निकै डरलाग्दो छ तर, यहाँ के भईरहेको छ,' नेयमारले इन्टाग्राममा एक भिडियो पोस्ट गर्दै भनेका छन्, 'यसलाई मलाई आश्चर्य बनाएको छ । यो निकै घिनलाग्दो र सुखद कार्य हो । यस्तो कार्य म कहिले गर्दैन ।'
साउ पाओलो प्रहरीका अनुसार ती महिलाले पेरिसको एक होटलमा आफुलाई नेयमारले दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । तर, ती महिलाको परिचय खुलाईएको छैन ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार हाल कोपा अमेरिकाका लागि ब्राजिलियन टोलीबाट प्रशिक्षण गरिरहेका छन् । र, नेयमार ब्राजिल आएको समय उनीमाथि बलात्कारको आरोप लागेको हो ।