काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले प्रदेश नम्बर ५ लाई जितका लागि १८५ रनको सामान्य लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ४ बलमा अलआउट हुँदै १८४ रन बनायो ।
एपीएफका लागि प्रदीप सिंह ऐरीले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सन्दीप जोराले २२ तथा शरद भेषवाकरले १४ रन बनाए ।
भिम सार्की १३ रनमा आउट हुँदा आसिफ शेखले ११ रन जोडे ।
प्रदेश ५ का कृष्ण कार्कीले ३ तथा सन्दीप सुनारले २ विकेट लिए ।
एक खेल अगावै सेमिफाईनल पुगेको एपीएफ लगातार चौथो जित निकाल्दै समूह विजेता बन्न चाहन्छ ।
अघिल्लो चरण प्रवेशको सम्भावना बोकेको प्रदेश ५ समेत अप्रत्यासित नतिजा सहित सेमिफाईनल प्रवेशको ढोका जिवितै राख्न चाहन्छ ।