एजेन्सी । भारतीय क्रिकेट टोलीका पुर्व कप्तान महेन्द्र सिंह धोनीले ५ सयौं अन्तर्राष्ट्रिय खेल पुरा गरेका छन् ।
इंग्ल्यान्डविरुद्ध कार्डिफमा जारी दोस्रो टी-ट्वान्टी क्रिकेटमा मैदान उत्रदै धोनीले आफ्नो करियरको पाँच सयौं अन्तर्राष्ट्रिय खेल पुरा गरेका हुन् । घरेलु टोलीविरुद्धको दोस्रो खेलमा भारत टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।
विकेटकिपर ब्याट्सम्यान धोनी ५ सय अन्तर्राष्ट्रिय खेल खेल्ने तेस्रो भारतीय खेलाडी हुन् । यसअघि भारतीय लेजेण्ड सचीन तेन्दुलकर र राहुल द्रविडले ५ सय खेल पुरा गरेका थिए । सचीनले ६६४ खेल खेल्दा द्रविडले ५०९ खेल खेलेका छन् ।