धनगढी । आयोजक पिएफए अत्तरिया गोदावरी राजधानी कप राष्ट्रिय खुल्ला फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
कैलालीको अत्तरीयामा शनिबार भएको उद्घाटन खेलमा गौरीगंगा–११ स्पोर्टस क्लब मसुरीयलाई १–० ले हराउँदै आयोजक सेमिफाईनलमा प्रवेश गरेको हो । पिएफएको जितमा एक मात्रै निर्णायक गोल सागर बिसीले गरे ।
प्रतियोगिता अन्तर्गत आईतबार माउण्ट एभरेष्ट क्लब र फारवेष्ट पशुपति युवा क्लब बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले चार लाख तथा उप विजेताले दुई लाख नगद सहित ट्रफी, मेडल तथा प्रमाण पत्र पुरस्कार पाउने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद सहित पुरस्कार पाउने छन ।
उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइकर, सार्वाधीक गोलकर्ता र उदयमान खेलाडीलाई १५÷१५ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीलाई तीन हजार पुरस्कार प्रदान गरिनेछ ।
यसअघि प्रतियोगिताको सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गरे ।