काठमाडौ । सहिद स्मारक सी डिभिजन लिगको छनोट खेलमा बिराट सांग्रिला स्पोर्टिङ क्लब र बनेपा व्बाईज क्लबले बराबरी खेलेका छन् । शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समुह एफको खेलमा बिराट सांग्रिला र बनेपा व्बाईजले १–१ गोलको बराबरी खेलेका हुन् ।
अघिल्लो चरण प्रवेशको लागि अबको खेलमा चर्च ब्वाइजलाई बराबरीमात्रै आवश्यक छ भने बनेपालाई जितको विकल्प छैन । समुह एफमा एक खेल खेलेको चर्च व्बाइज क्लबको ३ अंक छ ।
यस्तै एक खेलनै खेलेको बनेपा ब्वाइज क्लब र दुई खेल खेलिसकेको सांग्रिला स्पोर्टिङ क्लबको समान १ अंक रहेको छ । समुहको अन्तिम खेलमा बनेपा र चर्च ब्वाइज भिड्न बाँकी रहेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले सञ्चालन गरेको सी डिभिजन छनोटमा ३८ टिमले सहभागीता जनाएका छन् । १२ टिमका विजेता टिमले दोस्रो चरण प्रवेश गर्नेछन् । यस्तै प्रतियोगिताबाट ३ टिम सी डिभिजनमा छनोट हुनेछन् ।
समुह एबाट सरस्वती नगर स्पोर्टस क्लब, समुह बीबाट इमाडोल युवा क्लब र समुह सीबाट झापा फुटबल क्लब अघिल्लो चरण प्रवेश गरिसकेका छन् ।