एजेन्सी । अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले सन् २०२२ मा कतारमा हुने विश्वकप खेल्न सक्ने बिषय अनिश्चित रहेको बताएका छन् ।
प्रतियोगिता सुरु हुँदा मेस्सी ३४ बर्षका हुनछन् । सन् १९८६ मा डिएगो म्याराडोनाले अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए । अर्जेन्टिना सोही सफलता पुन दोहरिएको हेर्न चाहन्छ ।
स्पेनिस महारथी बार्सिलोनाका स्टार समेत रहेका मेस्सीले व्यक्तिगत रुपमा क्लब स्तरमा सबै उपाधि र अवार्ड जितेका छन् । तर पनि देशका लागि उनी मुख्य उपाधिका लागि अझै भौतारिरहेका छन् ।
मेस्सी आफै समेत पटक पटक कोपा अमेरिकाको फाईनलमा पराजित भएपछि निकै विचलित भएका थिए । सन् २०१४ को विश्वकपमा समेत अर्जेन्टिना फाईनलमा जर्मनीको हातबाट पराजित भएको थियो ।
३१ बर्षका मेस्सीलाई अझै अर्को उपाधि मुख्य जित्ने अवसर छ । अर्जेन्टिनाले अर्को महिना ब्राजिलमा हुने कोपा अमेरिकामा सहभागीता जनाउँदैछ ।
मेस्सी अझै अर्जेन्टिनाको जर्सीमा मुख्य उपाधि जित्न सक्ने आश व्यक्त गर्छन् ।
‘अर्जेन्टिनाको राष्ट्रिय टिमबाट केही उपाधि जितेर म करियर अन्त्य गर्न चाहन्छु । यो धेरै पटक सम्भव समेत छैन ।’ एक अन्तरवार्तामा मेस्सीले भनेका छन् ।
‘मैले गर्न सकिन भन्ने भावले छोड्न चाहन्न । अवसरलाई जान दिन समेत दिन चाहन्न ।’ मेस्सीले भनेका छन् ।
कतारमा हुने विश्वकपमा उपाधि जित्ने सम्भावनालाई के मेस्सी गुमाउन चाहन्छन् त ?
‘मलाई थाहा छैन । यदी हामी कतार विश्वकपमा पुग्यौ भने भगवानमै सबै भर पर्छ । उनी मलाई दिन्छन् वा दिदैनन् ।’
‘आजको दिनमा म निकै राम्रो अनुभव गरिरहेको छु । शारिरिक रुपमा निकै राम्रो महशुश गर्छु । म लगभग ३२ बर्षको भए । त्यसैले मलाई थाहा छैन, चिजहरु कसरी अघि बढ्छ ।’ उनी थप्छन्, ‘धेरै चिज हुन बाँकी छ । आशा गर्छु, कुनै गम्भिर प्रकृतीको चोट लाग्ने छैन ।’
मेस्सीले यस सिजन बार्सिलोनामा निकै सुखद समय बिताए । उनले सबै प्रतियोगितामा ५१ गोल गरेका छन् ।
लिग उपाधि रक्षा गरेपनि बार्सा च्याम्पियन्स लिगको सेमिफाईनलमा लिभरपुलसंग र कोपा डेल रेको फाईनलमा भ्यालेन्सियासंग पराजित भएको थियो ।
अर्जेन्टिनाले आगामी जुन १५ मा कोलम्बियासंग खेल्दै कोपा अमेरिकाको सुरुवात गर्नेछ । र समुह चरणमा उसले पाराग्वे र कतारसंग खेल्नेछ ।