काठमाडौं । सुप्रिम दोश्रो कौस्तुभ कप छात्र फुटबल प्रतियोगितामा शुक्रबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सुप्रिमले हाइल्यान्डलाई २–० गोलअन्तरले पराजित गर्यो । सुप्रिमका सगुन बानियाँ ‘म्यान अफ द म्याच’ घोषित भए ।
गोठाटारले गोल्डेन बडलाई २–१ तथा गान्धी आदर्शले अन्नपूर्णलाई ३–० गोलले हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
गोल्डेन बडका उमेश खत्री तथा गान्धीका विवेक भुसाल ‘म्यान अफ द म्याच’ चुनिए ।