काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले नेपाली क्रिकेटरको मेहनतले आफुलाई प्रभावित बनाएको बताएका छन् ।
क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि पहिलो पटक सञ्चारकर्मीसंग मुख्य प्रशिक्षक पटवालले नेपाली खेलाडीको मेहनत र क्रिकेट प्रतिको भोकले आफुलाई तानेको प्रतिक्रिया दिए ।
‘नेपाली खेलाडी निकै मेहनती छन् । पछिल्लो दुई बर्षमा उनीहरुले प्राप्त गरेको उपलब्धिबाट त्यो पुष्टि हुन्छ । उनीहरुको मेहनत र जुन प्यासनले उनीहरुले खेल्छन्, सायद त्यही भएर मैले नेपाल छानेको हुँ ।’ उनले भने ।
क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा नेपालले टी–ट्वान्टी विश्वकप खेल्ने आफ्नो उद्वेश्य हुने पटवालले प्रष्ट पारे ।
‘अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्ने सबैको लक्ष्य छ । जस्तै अफगानिस्ताले पाएकाे छ । आशा छ हामीले पुन प्राप्त गर्नेछौ । हामी समेत मेहनत गर्नेछौ ।’ उनले सुरुवातमा भने ।
नेपाल एसियामा राम्राे क्रिकेट खेल्ने देश भएकाे उल्लेख गर्दै उनले एकदिवसीय खेलले ट्वान्टी ओभरको खेलमा आफुहरुलाई सहज हुने धारणा राखे ।
राष्ट्रिय टिमको जिम्मेवारी आफ्नो भएपनि थप बिषय राखेप र आईसीसीको समझदारीमा निर्धारण हुने पटवालले बताए ।